काठमाडौं । राजधानीको ओमबहालमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्य भएको प्रहरीले पुष्टी गरेको हो ।
घरायसी विवादमा सुरजले सहोदाजु ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । दाजुको हत्या गरेको आरोपमा मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरजले दाजुको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीको टोलीले सुरजलाई काठमाडौंको असनबाट पक्राउ गरेको हो ।
प्रहरीले सुरजलाई नियन्त्रणमा लिए संगै थप अनुसन्धान गरिरहेको जनाएको छ ।


