काठमाडौ । इराकको एक नदीमा माछा मार्ने क्रममा १ जना नेपालीको मृत्यु भएको छ । इराकको स्वशासित राज्य कुर्दिस्थानस्थित कवात जिल्लाको ‘ग्रेट रिभर’ माछा मार्ने क्रममा ३३ वर्षीय नेत्रबहादुर राईको मृत्यु भएको हो ।
कुर्दिस्थान टिभीका अनुसार माछा मार्ने क्रममा ग्रेट रिभरमा खस्दा राईको डुबेर मृत्यु भएको थियो ।
कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेको कुर्दिस्थान टिभीले जनाएको छ । सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको मोहम्मदले बताए ।




















