गोरखा । आँबुखैरेनीबाट ६ केजी गाँजा सहित १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला निलकण्ड नगरपालिका–७ का २२ बर्षिय कृण्णबहादुर खड्का भएको प्रहरीले पुष्टी गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट खड्कालाई ६ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
सनिबार अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खडकालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


