साँकेतिक तस्बिर
काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका बारा देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीयका नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ को ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको मिनभवन प्रहरीले जानकारी दिएको छ ।



