साँकेतिक तस्बिर
गोरखा । तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट आज ठुलो परिणाममा गाँजा बरामद भएको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट १३ किलो ५०० ग्राम गाँजा बरामद भएको आँबुखैरेनी ईलाका प्रहरी कार्यालयले जनाएको हो ।
उक्त परिणामको गाँजा सहित मोरङ कानेपोखरी गाउँपालिका–४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारु समेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग. १ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूले बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


