काठमाडौं । अमेरिकाको इतिहासमा सबैभन्दा खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन जेलभित्रै मृत्त अवस्थामा फेला परेका छन् ।
अमरिकी जाँच एजेन्सी एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेको बीबीसीले लेखेको छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन ।
ह्यान्सनले एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो । १२ जनवरी १९७६ मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए ।
यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा उपहार दिएको बीबीसीले उल्लेख छ ।
सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो । यो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो ।


