साँकेतिक तस्बिर
काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको विमानको आकाशमै ढोका खुलेको छ ।
आज बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो ।
ढाेका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौं फर्काएर अवतरण गरिएको छ ।
विमानमा रहेका यात्रु सबै सकुसल रहेका छन् । विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ ।
यात्रुलाई अर्को उडानबाट घनगढी पठाइएको विमानस्थल कार्यालयले जनाएको छ ।




















