पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्यलाई विशेष प्रार्थमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक भएको कार्यक्रममा १० वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क गर्ने नीति लिएको छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा अन्तरर्गतकै ‘डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ नारा दिएर मिर्गौला रोगीलाई डायलायसिस सेवाका लागि पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।
स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही त्यस्तै लोकप्रियतावादी र केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा देख्न पाइन्छ ।
आइतबार सरकारले ल्याएको २४१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आउनुहोस हामी पनि अध्ययन गरौ नीति तथा कार्यक्रमको ।




















