×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कबाब किन्न गएका व्यक्ति १६ करोड लिएर घर फर्किए

  •  गोरखा समाचार
  • शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् ।

    करोडपति बनेसँगै उनमा खुसीको सीमा छैन । सो रकम राम्रोसँग उपयोग गरेर आफ्नो र परिवारको जीवनस्तर सुधार्ने योजना छ उनको ।

    यो घटनामा बेलायतको लिचेस्टर सिटीमा भएको हो । मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार ५१ वर्षका स्टिभ गुडविन हालै यात्राका क्रममा कबाब किन्नका लागि एउटा कबाब पसल बाहिर रोकिएका थिए । उनले अर्डर गरेको कबाब तयार हुन केही समय लाग्यो । त्यो मौका छोपेर उनी नजिकै रहेको एउटा पसलबाट नेसनल लट्रीको एउटा टिकट खरीद गरे । त्यहीँ टिकटबाट उनले १ मिलियन पाउण्ड (नेपाली रुपैयाँमा हिसाब गर्दा १६ करोड) भन्दा धेरै रकम जिते ।

    एकाएक करोडपति बनेसँगै उनको आँखामा आँशु आए । उनले भनेका छन् : कबाबको अर्डर दिएर कबाब पसल बाहिर उभिइरहेको थिएँ । त्यही बेला दिमागमा सोँच आयो र नजिकैको पसलबाट लट्री टिकट खरीद गरेँ, जसले मेरो भाग्य नै बदलिदियो ।’

    सो रकमबाट सुरुमा एउटा घर किन्ने र त्यसपछि आफ्नी पत्नीलाई विदेश घुम्न लैजाने उनको योजना छ ।

    स्टिभका अनुसार उनले खरीद गरेको लट्रीको टिकट नम्बर ७३ थियो । सोही टिकटबाट १० लाख पाउण्ड जित्छु भन्ने उनलाई कुनै कल्पनासम्म पनि थिएन । तर जब उनलाई लट्री अफिसबाट कर्मचारीहरुले फोन गरेर चिठ्ठा जितेको जानकारी दिए उनी दंग परे । यसरी उनी एक झट्कामै १६करोड रुपैयाँ भन्दा बढिको मालिक बने । त्यसपछि आँखामा आँशु भरेर बस चलाउँदै उनी घर फर्किए ।

    घर गएर अघि खरीद गरेको कबाब निकालेर खान थाले । तर खुसीले कबाब खान पनि सकेनन् । आखिर कबाबले नै उनलाई करोडपति बनाइदिएको उनलाई लाग्यो । रातभर सो टिकटलाई सिरानीमुनि राखेर सुते तर निद्रा परेन ।

    आफूले चिठ्ठा जितेको कुरा उनले सबैभन्दा पहिले आमालाई फोन गरेर जानकारी दिएका थिए । तर सुरुमा त परिवारका कसैले पनि उनको कुरा पत्याएनन् । तर अन्ततः त्यो यथार्थ पत्याउनुको विकल्प पनि त थिएन ।

    करोडपति बनेपनि स्टिभले पूरानो पेशा छाडेका छैनन् । उनले अहिलेपनि आफ्नो बस चालकको पेशालाई निरन्तरता दिएका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.