ईलाम । माई नगरपालिकामा आफ्नै बुबा ७० वर्षीय बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको ५ । पक्राउ पर्नेमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल भएको ईलाम प्लारहरीले पुष्टि गरेको हो ।
दिपकले आफ्नै बुवा लोकबहादुर कुमाललाई कुटपिट गरेर हत्या गरेको प्रहरी जनाएको छ ।
जेष्ठ ८ गते अंश बण्डाको विषयमा बाउ छोरा विवाद हुदा दिपकले बुवालाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाईते लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीको टोलीले दिपकलाई पक्राउ गरेको हो ।
घटका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।



