पोखरा । कास्की जिल्ला बक्सिङ सघंको अध्यक्षमा पुनः सुमन श्रेष्ठ बिजयी भएका छन् । पाचौ अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नया कार्य समिती सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले समितीको प्रथम उपाध्यक्ष राजबहादुर कोइराला, द्धितिय उपाध्यक्षमा सन्तोष कार्की, सचिवमा शिशिर थापा मगर, सहसचिवमा भक्त तामाङ र कोषध्यक्षमा सजोंग पराजुली चयन गरेका छन् ।
त्यस्तै गरी, समितिका सदस्यहरुमा सुर्य थापा, अर्जुन गुरुङ, दिनेश बानियाँ, प्रदिप गुरुङ, बिश्व गुरुङ र महिला सदस्यमा प्रियङका गुरुङ्ग सर्वसम्मत् चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद वोर्ड सदस्य एवं पुर्व बक्सिङ खेलाडी राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्टाएको भन्दै सरकारसमक्ष गुनासो गरेका थिए । सरकारको वेवास्ताका वावजुद पनि उनले गण्डकी प्रदेश स्तरीय बक्सिङ टुर्नामेन्ट गर्ने घोषणा समेत गरेका छन् ।
अधिवेशनमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बाहादुर भण्डारीले सर्वसम्मत् नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्नेमा बिस्वस्त रहेको बताएको थिए ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चबाट लाइफटाइम एचिभमेन्ट २०७९ प्राप्त गरेको पुर्व अन्तराष्ट्रीय खेलाडी गणेश भटराई र २०८० बाट सम्मानित पश्मिाञ्चल खेलकुद बिकास समितिका प्रशिक्षक निर्देशक बिध्या मर्सानीलाइ सम्मान गरीएको थियो ।
सोही कार्यक्रममा सन् १९६४ का ओलम्पीयन राम प्रसाद गुरुङ, १९८४ का ओलम्पीयनहरु उमेश मास्के, प्रबिन तुलाधर, मानबहादुर श्रेष्ठ, बिष्णु सिहं, रामबहादुर गिरी र डम्बरदत्त भट्ट लयागत बक्सिङ खेलाडीहरुको उपस्थिीत रहेको थियो ।



