गोरखा । राजधानीको कलंकीमा दुर्घटनामा परी तनहुँकी १ जना महिलाको ज्यान गएको छ । ज्यान जानेमा ६४ बर्षिया सन्तुमायाँ राउत भएको प्रहरीले पुष्टी गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ को कलंकी चोकमा सु.प.प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र. ०२–००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खादा राउत गंभिर घाईते भएकी थिइन ।
्तनहुँ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ को नैकाप बस्ने राउतको उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।
सोही दुर्घटनामा परी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिईए अनुसन्धान गरिरहेको जनाएको छ ।


