काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल भोटो जात्रा अवलोकनको लागि ललितपुरको जावालखेल पुगेका छन् । राष्ट्रपति पौडेल बाटो खाली नगराइकन जावलाखेल पुगेका हुन् ।
यसअघिका दुई राष्ट्रपतिका पालामा राष्ट्रपतिको सवारीका बेला बाटो खाली गराउनले गरिएको थियो । गणतन्त्रका प्रतीक राष्ट्रपतिले पनि राजाले झैँ बाटो खाली गराएर सर्वसाधारणलाई दुःख दिएको भन्दै उनीहरुको आलोचना हुने गरेको थियो ।
वर्तमान राष्ट्रपति पौडेलले भने राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै आफ्नो सवारीको बेला नागरिकलाई दुःख नदिन निर्देशन दिएका थिए । सोहीबमोजिम सरकारले पनि सवारी व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गरेको थियो ।
काठमाडौं उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रमका लागि राष्ट्रपति जाउलाखेल पुगेका हुन् ।


