काठमाडौ । केही समयदेखी रोकीएको हाँस्य टेलिश्रृखला सकिगोनि प्रशारणामा आउने भएको छ । बिहीबार बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण आउने निर्माण टिमले जनाएको हो ।
टेलिभिजनमा प्रशारण भए लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा समेत सकिगानिको प्रसारण हुनेछ ।
सिजन २ पछि केही समय प्रशारण बन्द हुदा निर्माण टिमले दर्शकको चाहना बुझने तर्फ लागेको र आज प्रशारण हुने टेलिश्रृखलामा ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको निर्माण टिमले बताएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको ‘सक्किगोनि’ मा पुरानै कलाकारको बाहुल्यता रहेको छ । आजपनि अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियाना आचार्यलगायत कलाकारको अभिनय देख्न सकिने छ ।
टेलिश्रृखलालाई अर्जुन घिमिरे (पाण्डे) र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन् । केही दिनअघि ‘सक्किगोनि’ को टिजर सार्वजनिक गरिएको थियो ।




















