डडेल्धुरा । डडेल्धुराको साहुखर्कका शेरबहादुर देउवा उर्फ ‘खिर बाजे’को निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।
कहिले आगो ननिभाउने उनको खिर पकाउने भट्टि समाजिक सञ्जालमा बेलाबखत भाइरल नै हुने गरेको थियो ।
उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन् । ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन् ।
उनको निधनप्रति गन्यापधुरा गाउँपालिकाले समवेदना प्रकट गरेको छ ।


