काठमाडौं । देशका अधिकांश भूभागमा मंगलबार विहानैदेखि मौसममा परिवर्तन आएको छ । यो परिवर्तन बिहीवारसम्म रहने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेकोे छ ।
दिउँसो पनि देशका अधिकांश भूभागमा अशिंकदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो तराईका जिल्लामा हावाहुरीुसहित वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकाको मौसम बिहानै धुम्मिएको छ । महाशाखाका अनुसार काठमाडौंमा पनि दिउँसो वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भाना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ ।




















