फाइल तस्बिर
काठमाण्डौ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । हिजो बेलुका रथ लगनखेलबाट जावलाखेल ल्याइपुर्याइएको हो ।
जावलाखेलमा राखिएको रथको दर्शन तथा पूजा गर्न बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । बिहीवार भोटो जात्रा हुनेछ ।
लगनखेलमा रहेको रथलाई जवलाखेलमा ल्याएको ४ दिनमा भोटो देखाउने परम्परा रहदै आएको छ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिने छ । त्यस पछि मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ ।




















