साँकेतिक तस्बिर
काठमाडौं । राजधानीमा भारतीय पर्यटकहरुलाई लुटने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–४ सिम्ले घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदमबहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओमप्रकाश ऐरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
पक्राउ परेका शाही र ऐरीले जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका–चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा दुवै शुक्रबार दिउँसो पक्राउ परेको हो ।
गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका(चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















