बझाङ । बझाङमा यार्सागुम्बा संकलनका लागि गएका १ जनाको हिमपहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता भएकामध्ये १ जनाको शव फेला परेको २ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतिर यार्सा संकलनका लागि गएका ३ जना हिमपहिरोमा परी बेपत्ता भएका थिए ।
उनीहरुको खोजी गर्ने क्रममा १ जनाको शव फेला परेको हो ।


