बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बेपत्ता भएका छन् । संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
बागलुङ प्रहरीले जनाए अनुसार मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । प्रहरीले नेपालीको खोजी कार्य भइरहेको जनाएको छ ।
मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको हो । उप मेयर कायतका अनुसार आफू नआउँदासम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको हो ।
नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका नेपाली इमेज सहकारीको पोखरामा पनि शाखा रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार मेयर नेपाली विषयमा सम्पर्कविहीन भएको स्विकार गर्दै खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।
यसअघि मेयर नेपालीले विज्ञप्तिमार्फत बचत कर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।




















