काठमाण्डौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र गृहमन्त्री नायाराणकाजी श्रेष्ठ बिच आज सिंहदरबारमा भेटघाट गरेका छन् ।
राजदूत र मन्त्री बीच गृह मन्त्रालयमा बिहान ११ बजे भेटघाट भएको हो ।
राजदुत थम्पसनले गृहमन्त्री श्रेष्ठसंग नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र अनुसन्धानको बारेमा बुझन सिंहदरर्बार पुगेको अनुमान गरिएको छ ।
उक्त प्रकरणमा संलग्न आरोपित र नेपालको अनुसन्धानबारे अमेरिकाले शुरुदेखि नै विशेष चासो राख्दै आएको छ ।
३० वर्षअघि नेपालमा बसेका भुटानी शरणार्थाीहरुमध्ये १ लाख १३ हजारबढी अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा पुनस्र्थापित भइसकेका छन् ।


