फाईल तस्बिर
पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्याफटिङ तथा क्यानोइङ संघको समन्वयमा कायाकिङ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता जेठ १२ गतेबाट सुरु हुने आयोजक संस्थाले जनाएको छ । प्रदेश खेलकुदका सदस्य बसन्तराज दवाडीका अनुसार प्रतियोगितामा करिव ३० जनाको सहभागिता रहने छ ।
‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै सदस्य दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए ।
सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने अनुमान परिषदले गरेको छ ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।



