काठमाडौं । राज्य संयन्त्रकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार टुंग्याउने भएको छ । शुक्रबार बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो ।
१६ जना पक्राउ परेकोमा १४ जनाको सकिएको भएता पनि २ जनाको बयान नै हुनै नसकेको प्रहरीले जानकारी दिएको छ । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान नभए पछी आज गराउने तयारी गरको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार आज शनिबार बाँकी २ जनाको बयान हुने छ ।
शनिबार बयान सकेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । तर, समय अपुग हुँदा कतिपय विषयमा अनुसन्धान अधुरै छ ।


