काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पाको आज बयान लिइँदै छ । आजै उक्त प्रकरणका अरू १२ आरोपितको थप बयान लिइँदै छ ।
आज शेर्पाको प्रारम्भिक र अरू १२ आरोपितको थप बयान लिइने जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जाकारी दिए ।


