फाईल तस्बिर
काठमाडौं । सत्तासाझेदार दलको बैठक आज बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो साढे २ बजे बस्ने भएको छ ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न मंगलबार दिउसो सत्तासाझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
सत्तासाझेदार दलमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा,नेपाल समाजवादी पार्टी,आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ ।




















