साँकेतिक तस्बिर
दाङ । दाङको लमहीमा ५ बर्षिया बालिका बलात्कार आरोपमा स्थानिय ५० बर्षका पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरी भएको प्रहरीले पुष्टी गरेको हो ।
जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















