साँकेतिक तस्बिर
काठमाडौं । राजधानीको टोखामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परेका छन् ।
आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा धनकुटा कुरले तेनुपा गाउँपालिका घर भइ हाल टोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय निङमा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवैजनाले मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको खबर पाएको प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले निङमालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















