फाईल तस्बिर
काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो ।

विज्ञप्तीमा कानुनी कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पदबाट निलम्बन गरेको जानकारी गराईएको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीलाई तत्काल उपस्थित भएर अनुसन्धानमा सहयोग पुर्याउन निर्देशन दिएको थियो ।
रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनी भारतमा लुकेर बसेको बताइएको छ । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।


