डोटी । डाेटीमा गए राती घाँटीमा मासुको हड्डी अड्किएर १ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको उनले बताए ।
मृतकका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।



