गोरखा । एनएमबि बैंक गोरखा शाखामा कार्यरत १ जना सुरक्षकर्मीको आज मृत्यु भएको छ । मृत्तक सुरक्षाकर्मी गोरखा नगरपालिका–७ निवासी दलबहादुर भट्ट भएको शाखा प्रमुख केशव रेग्मीले जानकारी दिए ।
भट्टको हृदय घातका कारण ज्यान गएको शाखा प्रमुख रेग्मीले बताए । मर्निङ वाक पछि चियाँ पिएर अफिस आउने क्रममा छातीमा असहज महशुस गरी स्थानिय एक अस्पतालमा पुगेका भट्टलाई तत्कालै चितवन पठाईएको थियो ।
चितवनको सिएमसी पठाईएको भट्टको बिच बाटोमा नै मृत्यु भएको थियो । मनास्लु बैंक स्थापना कालदेखी सुरक्षाकर्मीको रुपमा कार्यरत भट्ट एनएमबी हुदासम्म करिब १४ बर्ष कार्यरत रहेका थिए ।
चामुण्डा सेक्यूरिटीज कम्पनी मार्फत कार्यरत भट्टको आइतबार साँझ पख रामघाटमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको पारिवारी स्रोतले जानकारी दिएको छ ।




















