काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको मुल्य घटेर आएको छ । डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार खाना पकाउने ग्याँसमा ८६ रुपैयाँ, पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेलमा ७ रुपैयाँ घटेर आएको छ । मुल्य घटेर आएको भएता पनि निगमले उपभोक्ता मुल्य भने घटाएको छैन ।
नयाँ मूल्यपछि निगमलाई १५ दिनमा १ अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।
डिजेलको मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका छन् । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको छ ।
सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमका आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।




















