पोखरा । प्रहरीले गनुपर्ने अपराध अनुसन्धान त्रुटी रहित बनाउने उद्वेश्यका साथ पोखरामा ‘अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९’ सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको संयुत्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा प्रहरीले गर्ने अपराध अनुसन्धानलाई त्रुटी रहित बनाउन अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका बारेमा छलफल भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक बुद्विराज गुरुङको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्वन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुलाई थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास ब्यक्त गरे ।
उनले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएका अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने भन्दै सानो वा ठुलो जुनसुै अपराध अनुसन्धान सिंगो प्रहरी संगठनको छवि जोडिएकोले अनुसन्धानकर्ताले त्रुटी रहित अनुसन्धान गनुपर्ने बताए ।
उक्त गोष्ठीमा प्रारम्भिक अनुसन्धान, हिरासत ब्यवस्थापन, सबुत संकलन तथा परिक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान(खोजि र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो ।
गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए ।


