काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन् ।
श्रेष्ठ नेपाली काँग्रेस चितवनको पूर्व अध्यक्ष हुन् ।


