मनाङ । मनाङको एक भिरमा खसेका चिनियाँ पर्यटक Zhang Guocai को नेपाल प्रहरीले उद्वार गरेको छ । नासो गाउँपालिका–२ को खोत्रो भिरमा खसेर अलपत्र परेका नेपाल प्रहरीले उद्वार गरेको हो ।
भिरको २०० मिटर तल खसेर घाईते भएका उनलाई प्रहरी र स्थानियको सहयोगमा उद्वार गरिएको मनाङ प्रहरीले जानकारी दिएको छ ।
मस्याङदी नदीको किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा Guocai बाटोबाट तल खसेका उनलाई चामेबाट खटिएको प्रहरी र स्थानियले उद्वार गरेको थियो ।
घाईते Guocai अवस्था गंभिर भएकोले उनलाई ताल स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि वेसिशहर लगिएको प्रहरीले जानकारी दिएको छ ।



