एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले कराकाओविरुद्ध शानदार जित हात पारेको छ । बुधबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले कराकाओलाई ७–० गोलअन्तरले पराजित गर्यो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले २० औँ, ३३ औँ तथा ३७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यससँगै अर्जेन्टिनाका लागि मेस्सीले १०२ गोल पूरा गरेका छन् । अर्जेन्टिनाका लागि १०० गोल गर्ने मेस्सी पहिलो खेलाडी हुन् । साथै आफ्नो देशका लागि १०० गोल पूरा गर्न मेस्सी तेस्रो खेलाडी बनेका छन् ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले १२२ तथा इरानका अली दाईले १०९ गोल गरेका छन् ।
निकोलास गोन्जालेज, इन्जो फर्नान्डेज, एन्जेल डी मारिया र गोन्जालो मोन्टेलले ११ गोल गरे ।



