काठमाडौँ । नेपाल प्रहरीको महानिरिक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरिक्षकमा नियुत्त गर्ने निर्णय गरेको हो ।
मन्त्रालयबाट असार ८ गते मेरिटको पहिलो नम्बरमा कुवर डीआईजी बढुवा पाएका थिए । एआईजी बढुवा हुँदा पनि शीर्ष स्थानमा थिए ।
शुक्रबार नै नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले शुक्रबारबाट अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित उनका ब्याचका ९ वरिष्ठ अधिकारीले ३० वर्षे सेवा हदका कारण अवकाश पाएका हुन् ।
आईजीपी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहोनी अवकाश भएका हुन् । त्यस्तै, डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाश ्भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डेले पनि शुक्रबारबाट अवकाश पाएका छन् ।


