काठमाडौँ । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ ।
उनको ८६ वर्षको उमेरमा न्युरो अस्पतालमा निधन भएको हो ।
उनले रेडियो नेपालको समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।
ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् ।




















