साँकेतिक तस्बिर
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
सोही सुन हिजो भने प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, बिहिबार चाँदीको भाउमा प्रतितोला २१६ रुपैयाले बढेको छ । बुधबार १ हजार १४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १ हजार ३६० रुपैयाँममा कारोवार भैइरहेको संघले जनाएको छ ।




















