काठमाण्डौ । आज बिहानैदेखी काठमाण्डौसहित देशको धेरै भू–भागमा घाम लागेको छ । मौसमविद्का अनुसार आजदेखी मौसमा सुधार आउने छ ।
पश्चिमी वायूसँगै स्थानीय वायू र उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा केही दिनयता देशभरकै मौसम धुम्म भइ मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।
भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली कमजोर भएकाले आज मौसम खुल्ने मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार प्रि मनसुनको समय भएकाले केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना भने छ ।
विशेषगरी दिउँसोपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको हो । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान पनि गरिएको छ ।




















