गोरखा । चेक अनादार मुद्वाका २ जना फरार महिला अभियुत्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मा स्याङजा जिल्ला गल्याङ नगरपालिका–५ निवासी ४२ बर्षिया कल्पना सुवाल श्रेष्ठ र ४१ बर्षकी माया क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
गोरखा जिल्ला अदालतबाट दुवैलाई उक्त मुद्वामा जनही २ बर्ष कैद सजाय भएपछि फरार भएका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
कल्पनालाई फागुन ३० गते र मायालाई चैत्र १ गते पक्राउ गर्न सफल भएको गोरखा प्रहरीले जनाएको छ ।
पक्राउ परेका कल्पना र मायालाई गोरखा जिल्ला अदालतमा कैद भुक्तानका लागि पठाएकोमा दुवै जनालाई अदालतले गोरखा कारागार चलन गरेको प्रहरीले जानकारी दिएको छ ।



