साँकेतिक तस्बिर
एजेन्सी । भारतको मध्य प्रदेशस्थित सिधी जिल्लामा ट्रकले सडक किनारामा रोकिराखेका ३ वटा बसलाई ठक्कर दिदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाईते भएका छन् ।
बसहरूले केन्द्रीय गृहमन्त्री अमित शाहको र्यालीबाट फर्किएका मानिसहरू बोकेको भारतीय सञ्चार माघ्यमहरुले जनाएका छन् ।
दुर्घटनाको खबर पाए लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान घटनास्थल पुगेका थिए । उनले घटनालाई दुःखद भएको बताउदै दोषीलाई कडा कारवाही गर्न भनेको छ ।
मुख्यमन्त्री चौहानले मृतकका परिवारलाई १० लाख रुपैयाँ र आश्रितलाई सरकारी जागिर दिने घोषणा गरेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई २ लाख र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।




















