फाईल तस्बिर
काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यता ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भए संगै एमालेले नेवाङलाई राष्ट्रपतिको लागि अघि सारेको हो ।
पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो ।


