काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाका नेता धवलशम्शेर राणाले जानकारी दिए ।
राणका अनुसार संघ र प्रदेशका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।
पार्टीको निर्णयअनुसार संघ र प्रदेशका मन्त्रीहरूले आजै राजीनामा दिने राप्रपाले जनाएको छ ।



