फाईल तस्बिर
काठमाडौं । बिहीबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
शुक्रबार र शनिबार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षासँगै हल्का हिमपात हुने विभागको पूर्वानुमान छ ।
मौसमविद् पौडेलका अनुसार छिटपुटबाहेक तत्काल ठूलो वर्षाको सम्भावना छैन ।




















