काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यमा प्रतितोला ३०० रुपैयाँले घटेको छ । सुनको मुल्य घटेको भएता पनि चाँदीको मुल्य भने बढेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
आजको कारोबार निर्धारण गर्दै महासङ्घले छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ ।
त्यस्तै गरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



