×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाइडेनको युद्धग्रस्त युक्रेनको राजधानी किभमा गोप्य भ्रमण, रुसलाई अग्रिम जानकारी

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । सोमबार अचानक अमेरिकी राष्ट्रपति जो बाइडेन युद्धग्रस्त युक्रेनको राजधानी किभमा उत्रिएका थिए । यो भ्रमणबारे अमेरिकी राष्ट्रपति बाइडेन र उनका शीर्ष निकट सहयोगीहरु माझ हप्तौं अघि छलफल वा जानकारी भए पनि तल्लो सर्कलमा भने केही दिनअघि मात्रै जानकारी थियो ।

    यसभन्दा पनि भ्रमणबारे अन्तिम निर्णय गत शुक्रबार मात्रै गरिएको थियो । तथापि ह्वाइट हाउसका अधिकारीहरुलाई यसबारे जानकारी दिइएको थिएन वा उनीहरुलाई बाइडेनले दुई दिने पोल्याण्डको मात्रै भ्रमण गर्ने भन्ने निर्देशन दिइएको थियो ।

    यो भ्रमण यतिसम्म गोप्य थियो कि ह्वाइट हाउसले बाइडेनको भ्रमणको कार्यतालिकामा सोमबार बेलुकी ७ बजे उडान हुने भनेको भए पनि बाइडेन पोल्याण्डको राजधानी वार्साका लागि आइतबार बिहान ४ बजेर १५ मिनेटमै सी(३२ भनिने एयर फोर्स बोइङमा ७५७ उडेका थिए ।

    बाइडेन एक्कासी पुगे युक्रेन

    बाइडेनसँग उनका निकटतम सहयोगी, एक चिकित्सा टोली र सुरक्षा अधिकारीहरूको सानो टोली थियो । राष्ट्रपतिसँगै दुईजना पत्रकार, एक फोटोग्राफर र एक लेखकलाई मात्र यात्रा गर्न दिइएको थियो ।

    उनीहरुलाई गोपनीयताको शपथ गराइएको थियो र यसभन्दा बढी उनीहरुबाट उनीहरुको मोबाइल फोनसमेत खोसिएको थियो । बाइडेन किभमा नपुगेसम्म उनीहरूलाई भ्रमणको रिपोर्ट गर्न अनुमति दिइएको थिएन ।

    १० घण्टाको रेल यात्रा

    वाशिङटनबाट उडेको करिब सात घण्टापछि बाइडेन चढेको विमान जर्मनीको रामस्टेनस्थित अमेरिकी सैन्य अखडामा इन्धन भर्न रोकिएको थियो । त्यहाँ पनि उडेको ठाउँ जस्तै विमानको झ्यालको पर्दा लगाइएको नै थियो र विमानबाट कोही आर्लेको थिएन ।

    त्यसपछि पोल्याण्डको रेजिस्जो जसिओन्का विमानस्थलमा यो विमान ल्याण्ड भएको थियो। यहाँ आइपुग्दासम्म वाल स्ट्रिट जर्नलकी पत्रकार सबरिना सिद्दिकी र एसोसिएटेड प्रेसका फोटो पत्रकार इभान भुचीले बाइडेनलाई देखेका थिएनन् । त्यो एयरपोर्ट र गाडीमा चढ्दासमेत यो स्थिति परिवर्तन भएन ।

    अमेरिकी राष्ट्रपतिको सवारी हुँदा हुने साइरन वा कुनै संकेत यहाँ थिएन । पोल्याण्डको रेजिस्जो जसिओन्का विमानस्थलबाट बाइडेनसहितको टोली गाडीमा युक्रेनी सीमा नजिकैको पोलिश रेल स्टेसन प्रमिसल ग्लोनीतर्फ गए।

    उनीहरुलाई रेलमा चढ्दा स्थानीय समय अनुसार रातिको ९ बजेर १५ मिनेट भएको थियो । तर पत्रकारहरूलाई अझै पनि बाइडेनलाई हेर्न दिइएको थिएन । यो रेलमा बढी जसो उच्च सुरक्षा रहेको पत्रकार सिद्दिकीले भनेकी छिन् ।

    युद्धग्रस्त क्षेत्रमा करिब १० घण्टाको यात्रा जुन आधुनिक अमेरिकी राष्ट्रपतिले सायदै गरेका थिए । उच्च सुरक्षा सहित भएके अफगानिस्तान वा इराकको राष्ट्रपततीय भ्रमण भन्दा यो विपरीत थियो ।

    उदाउँदो घामसँगै बिहान ८ बजेर ७ मिनेटमा बाइडेनसहितको टोली सवार रेल कीभमा पुग्यो । त्यसअघि बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपतिका रुपमा किभको भ्रमण गरेका बाइडेनले यसपटक त्यहाँ पुगेसँगै भने, इट्स गुड टु बि ब्याक इन किभ ।

    रुसलाई दिइएको थियो अग्रिम जानकारी

    बाइडेनले प्रस्थान गर्नुभन्दा केही घण्टा अघि रुसलाई यस यात्राका बारेमा जानकारी दिइएको अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

    उनले भनेका छन्, ‘अमेरिकाले डिकन्फिल्क्सनको उद्देश्यका लागि त्यसो गर्यो… उनीहरूले कस्तो प्रतिक्रिया दिए वा हाम्रो सन्देशको सटीक प्रकृति के थियो भन्ने कुरामा म जानेछैन । तर म पुष्टि गर्न सक्छु कि हामीले त्यो सूचना दियौं ।ँ

    रुसले बाइडेनको किभ भ्रमणबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.