साँकेतिक तस्बिर
एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिरिया र टर्कीका कैयौँ क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको २ सातापछि सोमबार फेरी अर्को शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पपछि दर्जनौँ पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।
सरकारले मानिसहरूलाई भवनभन्दा टाढा रहन अपिल गरेको छ ।




















