फाईल तस्बिर
गोरखा । शेर्पा समुदायले आज ग्याल्पो ल्हछार अर्थात नयाँ वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । आजको दिन नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यस बर्ष बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्नेको छ ।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।




















