गोरखा । फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा परेको छ । यो महिना ४ वटा शनिबारसहित ११ दिन सार्वजनिक बिदा परेको हो । फागुन ६, १३, २० र २७ गते शनिबार परेको छ।
महिनाको पहिलो दिन फागुन १ मा सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ । फागुन ३ गते लुम्बिनी प्रदेशसभाले प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीभरि बिदा दिने निर्णय गरेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बिदा छ । फागुन ९ मा ग्याल्पो ल्होछार परेको छ । यो दिन पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।
फागुन २२ मा पहाडमा फागु पूर्णिमाको बिदा छ भने २३ गते तराईमा बिदा छ । फागुन २४ गते नारी दिवसमा महिलालाई बिदा छ ।


