काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको भन्दै द्वन्द्व पीडित र नागरिक समाजले बिरोध गरेको छ ।
द्वन्द्व पीडित र नागरिक समाजले आयोजनामा बबरमहलमा विरोध सभा आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं नजिकै उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पुर्याएको भन्दै विरोध गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सार्वजनिक विदा खारेज गर्न र द्वन्द्व पीडितलाई न्याय दिन माग गरेका छन् ।




















